Aama

आमा | Aama

आमा

( Aama )

‌ ‌। सम्पूर्ण आमाहरु मा समर्पित। ।

 

आमा त्यि ‌झ्याल हुन्, जसबाट एक अबोध शिशुले पहिलो पटक दुनियालाई हेर्छ। शिशु आमाको त्यो अंश हो,‌ जुन आमाको स्वांस नली देखी हृदय हुदै जिवनको केन्द्र सम्म पुग्छ। आमा मातृत्वको अभिरुप मात्रै नभइकन शिशुको जिवन स्वरुप पनि हो। आमा प्रकृतिका त्यि बरदान हुन्, जसले स्वंम वेदनाको विष पिएर सन्तानलाई ममताको अमृत पिलाउछिन्।

कसले भन्यो स्वर्गको कुनै बयान छैन? बिर्सियौ कि त आमाको त्यो गोद? बिर्सियौ कि त आमाको त्यो हाथ जसले टाउको चलाउदा सुस्तरी यी नयन खोली निदाए झैं गर्द थियौं? बिर्सियौ कि त आमाको त्यो प्रेम जुन खानाको स्वादमा, गालीको अभिप्रायमा, रिसको अभिनयमा, मुहारको अोझेलमा सदा लुकेको हुन्थियो?

आमाको कोख त्यो स्थान हो जसको सुखबाट स्वंय भगवान् पनि अनविज्ञ छन्। होलान् इन्द्रको स्वर्गमा चौतर्फि उज्यालो तर मेरी आमाको मुस्कान अघि त्यसको के तुलना? होलान् इन्द्रको स्वर्गमा सदा-यौवन सू-सज्जित अप्सराहरु तर आमाको सुन्दरता अघि तिनका के वर्णन? होलान् इन्द्रको स्वर्गमा सम्पूर्ण सुख सयलका साधन तर आमाको ममता बिना त्यी सूखको उपभोगमा के मजा?

बिमारीमा औषधि भन्दा पहिले तिम्रो याद आउछ, सूखमा हांसो भन्दा पहिले तिम्रो याद आउछ, पीढामा आंसु भन्दा पहिले तिम्रो याद आउछ। भगवान् को याद त केवल दुःखमा आउछ आमा तर तिम्रो याद बाँचेको हरेक प्रहर, जिवनको हरेक भावमा समाएको छ। अनि तिम्रो भगवान् संग के तुलना, मेरी प्रिय आमा!

 

?

Swami Dhayan Anant

लेखक :  स्वामी ध्यान अनंता

( चितवन, नेपाल )

यह भी पढ़ें : –

 

 

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *