ओ मेरी प्रियसी
ओ मेरी प्रियसी ( नेपाली कविता )
तिम्रा ति घना काला नयनहरु मा
कतै त हौंला म तिम्रा चयनहरु मा
अपार प्रेम राखी हृदय को द्वारमा
आएँ म प्रिय तिम्रो सयनहरु मा
पिडा को गाथा लिई म आएँ तिमि सामु
तिमि तर आयौं कथा का बयानहरू मा
मेरो गीत, मेरो प्रीत, माया तिमि मा अर्पित
अनि तिमि छौ समाएको यी लयनहरु मा
तिमि मेरो तन-मनमा, छौ तिमि नै प्राणमा
कतै त हौंला म तिम्रा चयनहरु मा
रहर का सागरहरुमा डुब्दै छु म यहाँ
तिमि भने अमर छेऊ मेरो गायनहरु मा
❣️
लेखक : स्वामी ध्यान अनंता
( चितवन, नेपाल )
Nayan – Eyes
Chayan – Option you already choosed
Sayan – Precious friend list
Bayan – Declaration/Exposition
Layan – Gentle/Soft pitch of creating music
Gayan – Singing